• ११ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-27-2026
  • स्टुडियो टाईम : ०७:४०
  • ON AIR
  • UP NEXT

गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष  खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का 


                    गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि  आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न लागेका छन् ।
 जिपि कोईराला  फान्डेसन दोलखाले स्वर्गिय गिरिजा प्रशाद कोईरालाको  १३औं स्मृति दिवसको अवसरमा सन्चालन  भईरहेको स्वर्गिय भिमबहादुर तामाङ स्मृति  परीक्षा तयारी  निशुल्क कोचिङ कक्षामा अध्यनरत दोलखा जिल्लाका विभिन्न बिधालयबाट  करिब २०० जना भन्दा बढी गरिब जेहन्दार बिधार्थीहरुलाई निरन्नतर पठन पाठनकोलागि  भिमेश्वर २ निवासी नेपाली कांग्रेस दोलखाको जिल्ला कार्यसमिति आमन्त्रित सदस्य युवा ब्यबसायी समाजसेवी रबिन्द्र नारायण श्रेष्ठले आफ्नो स्वर्गिय माता बिष्णुमाया श्रेष्ठको सम्झनामा र त्यस्तै गरी  कालिन्चोक गाउपालिका वडा नम्बर  ५  लापिलाङ निबासी  बिन्दु खड्काले माता स्वर्गीय लक्ष्मि कुमारी खड्काको समझनामा सयुक्त रुपमा अक्षयकोष खडा गरी निरन्तर रुपमा अध्यापन गराउने शिक्षकहरुलाई  पारिश्रमिक  स्वरुप नगद सहित  पुरस्कार घोषण गर्ने बताएका छन् । उनिहरुले  स्वर्गिय बिष्णुमाया श्रेष्ठ स्मृति शिक्षा पुरष्कार  र  स्वर्गिय लक्ष्मि कुमारी खड्का स्मृति शिक्षा पुरुषकार  सयुक्त रुपमा नयाँ बर्ष २०८० को अवसर पारी घोषणा गर्न लागेको जिपी कोईराला फाउण्डेसनका अध्यक्ष राकेश श्रेष्ठले बताए ।
समाजसेबि श्रेष्ठ भिनपा २ निवासी हुन् ।  यस भन्दा अगाडी पनि श्रेष्ठले भुकम्प , कोरना र दोलखाको कला सांस्कृतिक र शिक्षा क्षेत्रमा सहयोग गर्दै  आएका छन् । उक्त कोचिङ कक्षामा विभिन्न बिषयहरु  लेखा , अंग्रेजी , गणित र कम्प्युटर बिषयहरुमा २००भन्दा बढी गरिब तथा जेहन्दार   बिधार्थीहरुलाई निस्सुल्क  अध्यापन गराई रहेको छ ।  

जिपि काेइराला फाउन्डेसन दाेलखा शाखाले सदरमुकाम चरिकोटमा ११ र १२ कक्षाका बिद्यार्थीहरूलाई निशुल्क कक्षा दिदै अाइरहेकाे छ ।

प्रतिकृया दिनुहोस

गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष  खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का 

# Slider

१ बैशाख, २०८०

                    गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि  आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न

जिपी कोईराला फाण्डेसन दोलखाद्धारा निशुल्क प्लस टु कोचिङ संचालन

# Slider

२४ चैत, २०७९

              दोलखाको सदरमुकाम चरिकोटमा जिपी कोईराला फाउण्डेसनले ११ र १२ कक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि १ महिने कोचिङ कक्षा संचालन

जिपी कोईराला फाण्डेसन दोलखाद्धारा निशुल्क प्लस टु कोचिङ संचालन

# Slider

२४ चैत, २०७९

              दोलखाको सदरमुकाम चरिकोटमा जिपी कोईराला फाउण्डेसनले ११ र १२ कक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि १ महिने कोचिङ कक्षा संचालन

↑