जिरी नगरपालिकाले भन्याे : स्विजरल्याण्डका नागरिक सहितका २०२५ मा ५० हजार पर्यटक भित्राउँछाैं
जिरी, २० माघ ।दाेलखाकाे जिरी नगरपालिकाले जिरी भ्रमण बर्ष घाेषणा गर्दै जिरी नगरपालिकामा ५० हजार नागरिक भित्राउने बताएकाे छ । नगरपालिकाले एक पत्रकार सम्मेलन आयाेजना गरि स्विजरल्याण्ड नागरिक टाेनी हेगनकाे छाेरी डाक्टर कात्न हेगन सहितलाई उपस्थित गराएर जिरी भ्रमण बर्ष बनाउने पनि बताएकाे छ । जिरी नगरपालिकाले भ्रमण वर्षमा जिरीमा कम्तिमा ५० हजार पर्यटक जिरी भित्र्याउने उद्देश्य रहेको छ । जिरी नगरपालिकाको समृद्ध जिरीको आधारः कृषि, पर्यटन र पूर्वाधारको दीर्घकालिन सोचसहित भ्रमण वर्ष मनाउन लागेको जिरी नगरपालिका नगरप्रमुख मित्र बहादुर जिरेलले जानकारी दिनुभयो । जिरी भौगोलिक, प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले सुन्दर भएकाले आन्तरिक तथा बाह्य पर्यटकले रुचाउने भएकाले भ्रमण वर्षमा सोचेभन्दा बढी पर्यटक भित्र्याउन सकिने नगरप्रमुख जिरेलले बताउनु भयो । आज नगरपालिकामा आयोजित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार र सरोकारवालाहरुको भेलामा नगरप्रमुख जिरेलले उक्त जानकारी दिनुभएको हो । कृषि र पर्यटनको क्षेत्रमा विशेष लगानी एवम् कार्यक्रम सहितको प्रयासबाट जिरी नगरलाई क्लिन जिरी, ग्रीन जिरी, अर्गानिक जिरी बनाउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई पूरा गर्न यस नगरपालिकाले चालु आर्थिक वर्ष ०८१÷८२ मा पर्यटन क्षेत्रमा १६ वटा विशेष नीति तथा कार्यक्रम समेटी आर्थिक वर्ष ०८१÷८२ लाई ५० हजार पर्यटक जिरी भित्र्याउने लक्ष्यसहित जिरी भ्रमण वर्ष घोषणा गरिएको नगरप्रमुख जिरेलले जानकारी दिनुभयो । जिरी भित्रिएका पर्यटकलाई एक रात जिरीमै बसाउन विभिन्न कार्यक्रमहरु तय गरिएका छन् । जिरीको विशिष्ट भौगोलिक विशिष्ठता, यहाँको सामाजिक, सांस्कृतिक, प्राकृतिक र धार्मिक धरोहर लोभलाग्दो हावापानी, जैविक विविधता लगायतका पर्यटकीय क्षेत्रहरुको व्यापक प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक जिरी भित्र्याई पर्यटनलाई जिरीको मुख्य आर्थिक आधारको रुपमा स्थापित गर्नको लागि पनि जिरी भ्रमण वर्षको महत्व रहेको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । जिरीलाई नेपालकै आकर्षक एवम् बागमती प्रदेशको प्रमुख पर्यटकीय नगरीको रुपमा विकास गर्ने आधार यस भ्रमण वर्षले तय गर्नेछ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो । जिरी भ्रमण वर्ष भव्यताकासाथ सम्पन्न गर्नको लागि पूर्वतयारी सम्पन्न भएको र आगामी फागुन ३ गते औपचारिक उदघाटन कार्यक्रम आयोजना गरिएको नगर प्रमुख जिरेलले बताउनुभयो । यस भ्रमण वर्षकै अवसरमा टोनी हेगनकी छोरी डाक्टर कात्न हेगनको टोली जिरी भ्रमण तथा जिरी स्वीजरल्याण्ड समीक्षासहित फोटो प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । जिरीमा रहेका मुख्य मुख्य गन्तव्यहरुको बारेमा जानकारी दिने र पर्यटकलाई जिरीको महत्व दर्शाउने छ । जिरी भ्रमण वर्ष अवधिभर जिरीका होटलहरुले विशेष प्याकेजको घोषणा गरी पर्यटकलाई सहुलियतको व्यवस्था गरेको नगरप्रमुख जिरेलले जानकारी दिनुभयो ।
पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन् !
# भिमेश्वोर खबर
१७ असार, २०८२
पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन्
जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध !
# भिमेश्वोर खबर
६ जेठ, २०८२
जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध
कांग्रेस निटक मजदुर संघले मनायो मे १ दिवस
# भिमेश्वोर खबर
१८ बैशाख, २०८२
,१८ बैसाख ।नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघकाे आयाेजनामा १३६ ओैं अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १काे अबशरमा अन्तक्रिर्या कार्यक्रम समपन्न भएकाे





प्रतिकृया दिनुहोस