• ११ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-27-2026
  • स्टुडियो टाईम : ०६:३४
  • ON AIR
  • UP NEXT

दाेलखाकाे शैलुङमा रहेकाे भिमसेन तरबारकाे शिलामा भब्य पुजा समपन्न

चरिकोट ,२६ माघ । शनिवार भीमा एकादशीको दिन गुरुबा, आचाजु लगायतबाट दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलाको भब्य पुजा गरिएको छ ।दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ शैलुुङ डाँडामा रहेको भीमसेन तरवार शिला पुजा कार्यक्रममा काठमाडौँबाट गुुरुबा बाबुरत्न बज्राचार्य, तलेजुु माताका पुुजारी आचाजु उद्धव बज्राचार्य, भैरवसंग सम्बन्धित अरुण शाक्य, इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्य, गुरुआमा दिलकेश शाक्य, स्वेत भैरव पुुजारी प्रकाश ताम्राकार लगायतको सहभबागितामा पुजा समपन्न भएकाे हाे ।कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव विनोद सिंह, युवा तथा खेलकुुद मन्त्रालयका सहसचिव सुवास शिवाकोटी, पूर्व सचिव देवेन्द्र सिटौला, शैलुुङ गाँउपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, उपाध्यक्ष पार्वती कार्की, वडा नम्बर– ८ का वडा अध्यक्ष धन बहादुुर तमाङ, पूर्व वडा अध्यक्ष रामेश्व उप्रेती, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, एसएस फाउण्डेशनका संंरक्षक एवम समाजसेवी शोभित उप्रेती, पुराना राजनीतिज्ञ शुुन्दरप्रकाश खड्का स्थानीय बुद्धिजीवी, पत्रकार समाजसेवी लगायतकाे सहभागिता रहेको थियो । किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट शैलुङको बाटो हुदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरवार (खड्ग) विसाएर विश्राम गरेको र हिड्ने बेला तरवार त्यहि छोडिएको हो ।धार्मिक एवम् सांस्कृतिक महत्वको ऐतिहासीक भीमसेन तरवार शिलालाई भीमा एकादशी पर्वको अवसरमा गुुरुबा, आचार्यहरु बाट भव्य पुजा सहित व्यवस्थित गरिएको एसएस फाउण्डेशनका संरक्षक, समाजसेवी स्थानीय शोभित उप्रेतीले बताउनुु भयो ।शैलुुङ गाँउपालिका वडा नम्बर– ८ को आयोजनामा भएको भीमसेन तरवार शिला पुजाको लागि शैलुुङ गाँउपालिका, समाजसेवी शोभित उप्रेती लगायतको सहयोग रहेको वडा अध्यक्ष धन बहादुुर तमाङले बताउनुु भयो ।तीन हजार एक सय ४८ मिटरको उँचाईमा रहेको शैलुङको सयवटा थुम्कामा ऋषीहरुले तपस्या गरेको किंवदन्ती समेत रहेको छ । तमाङ भाषामा शै को अर्थ सय र लुङको अर्थ थुम्का हुने र उक्त ठाँउमा सयवटा थुम्का रहेकोले शैलुङ नामाकरण भएको स्थानीय जेष्ठनागरीकहरु बताउछन् । शैलुङमा हरेक बाह्र बर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ । महादेव (शिवजी) को प्रतिमूर्तिमा सीर निहुराएर मागेको बर खेर नजाने विश्वास रहेको स्थानीय धनबहादुुर मगरले बताउनुु भयो । महादेव मन्दिरसंगै रहेको धर्म ढोकामा धेरैले आफ्नो कर्मको मूल्याङ्कण गरिरहेका हुन्छन् । भनिन्छ, धर्मात्माहरु ले सजिलै धर्मढोका पार गर्नसक्छन् तर पापीले त्यो शौभाग्य पाउन सक्दैनन् ।महयान सम्प्रदायका लामा बौद्ध धर्मको उपसम्प्रदाय निङ्मायाको किम्बदन्ति सुनाउदै स्थानीय जेष्ठजनहरु भन्छन् – गुरु पद्यसम्भवले नेपालको उच्च तथा हिमाली श्रृङ्खलाका साथै तिब्बतका बोत (झाँक्री) धर्म गुरुहरुलाई परास्त गरी बौद्ध धर्मको स्थापना गरेका थिए । यो क्रममा धर्मचक्र राजाकी छोरीसंग विवाह गरी बस्दा स्वदेशका जजमानहरुको संस्कार, साधनहरु समेत तान्त्रिक शक्तिद्वारा आकाश मार्गबाट पठाउदा मानेश्वर ल्हो (माने) शैलुङ बसेका थिए । त्यसैले यो पवित्र र धार्मिक मित्र भूमि पनि मानिन्छ– शैलङु गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुुलालले भने ।गौरीशङ्कर हिमश्रङ्खला लगायत थुप्रै हिमश्रृङ्खलाहरु देखिने शैलुङमा गाँउपालिकाको पहलमा निर्माण भएको मिनि ग्रेटवाल समेत आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय विशेषगरी शुक्रवार र शनिवार हजारौ पर्यटक शैलुङ पुग्ने गरेको स्थानीय दिपेश श्रेष्ठ बताउछन् 

प्रतिकृया दिनुहोस

पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन् !

# भिमेश्वोर खबर

१७ असार, २०८२

पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन्

जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध !

# भिमेश्वोर खबर

६ जेठ, २०८२

जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध

कांग्रेस निटक मजदुर संघले मनायो मे १ दिवस

# भिमेश्वोर खबर

१८ बैशाख, २०८२

,१८ बैसाख ।नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघकाे आयाेजनामा १३६ ओैं अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १काे अबशरमा अन्तक्रिर्या कार्यक्रम समपन्न भएकाे

↑