• ११ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-27-2026
  • स्टुडियो टाईम : ०६:३४
  • ON AIR
  • UP NEXT

दाेलखाकाे शैलुङमा घण्टी चाेरी भएसँगै सराेकारवालाहरूकाे चासाे ,प्रहरी भन्छ चाेर खाेज्दैछाैं

चरिकोट , ३ फागुन । दाेलखाकाे शैलुङ गाउँपालिकामा वडा नम्बर ८ फलाम पोखरी मन्दिर परिसरमा रहेकाे घण्टी अचानक चाेरी भएपछि सराेकारवालाहरूले चासाे दिएका छन् ।बरिस्ठ समाजसेवी तथा राजनीतिज्ञ साेभित उप्रेतीले संरक्षणको पर्खाइमा रहेको एक प्राचीन मन्दिरबाट लिच्छविकालीन इतिहास बोकेको ५०० बर्ष भन्दा पनि पुराना पुरातात्विक महत्त्वकाे घण्टी हराउनु दुखद भएकाे बताउनु भएकाे छ । स्थानियबासी तथा राप्रपाका केन्द्रिय सहायक काेषाध्यक्ष समेत रहनु भएका उप्रेतीले शैलुङकाे बिकासमा तिब्रता दिदै जाँदा यस्ता घटना घट्नु दुखद रहेकाे बताउनु भएकाे हाे । उप्रेतीले घण्टी चाेरी गर्ने जाेकाेहिलाई कानुनी कारबाही गर्न स्थानीय प्रशासन समक्ष आग्रह गर्नु भएकाे छ । उहाँले राज्यले संरक्षण गर्नुपर्ने पुरातात्त्विक महत्त्वका सामाग्री संरक्षण गर्न राज्यका निकायनै उदासिन हुँदा यस्तो घटना बढेकाे बताउनु भयाे । उप्रेतीले यस्ता घटनामा संलग्न चाेरहरूलाई कुनै राजनीति दलहरूले संरक्षण नगर्न पनि आग्रह गर्नु भएकाे छ । घण्टी चाेरी भएकाे केही दिन बित्दा पनि समबन्धित निकायबाट खासै चासो नदेखाएपछि स्थानियहरूले सामाजिक संञ्जालमा मार्फत पनि राेस प्रकट गरिरहेका छन् । यस घटना बारे जिल्ला प्रहरी कार्यलय दाेलखाका निमित्त प्रहरी प्रमुख दाताराम अधिकारीले प्रहरीकाेमा निबेदन आएकाे र चाेरी भएकाे भन्ने थाहा पाएकाेले शुक्ष्मढंगले अनुशन्धान भईरहेकाे बताउनु भयाे । अधिकारीले घण्टी चाेरी गर्ने चाँडै पत्ता लाग्ने र कानुनी कारबाही हुने उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस

पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन् !

# भिमेश्वोर खबर

१७ असार, २०८२

पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन्

जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध !

# भिमेश्वोर खबर

६ जेठ, २०८२

जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध

कांग्रेस निटक मजदुर संघले मनायो मे १ दिवस

# भिमेश्वोर खबर

१८ बैशाख, २०८२

,१८ बैसाख ।नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघकाे आयाेजनामा १३६ ओैं अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १काे अबशरमा अन्तक्रिर्या कार्यक्रम समपन्न भएकाे

↑