समाजसेवी शोभित उप्रेतीद्वारा ५२ किलोको घण्टा शैलुङकाे भीमसेन तरबार शिलामा राखिँदै
दाेलखा, ४ चैत्र । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ मा पर्ने शैलुङकाे सय थुम्का भएको शैलुङ डाँडामा रहेको भीमसेनको तरबार शिलामा राख्न बरिस्ठ समाजसेवी तथा राप्रपाका सहायक काेषाध्यक्ष शोभित उप्रेतीले ५२ किलोको घण्टा र घण्टा राख्न आवश्यक सामग्री उपलब्ध गराउनु भएकाे छ । सञ्चारकर्मी एवं सङ्गीतकार प्रबिनप्रसाद थपलियालाई तपस होटलमा आज घण्टा सहितकाे सामाग्री हस्तान्तरण गर्नु भयाे । ढुवानीसमेतको व्यवस्था गरि हस्तान्तरण गरिएको सो घण्टा भोलि स्थापना गरिने थपलियाले बताउनु भयो । गत २०८१ माघको चौथो हप्तामा उक्त भिमसेन तरबार शिलाको पूजा पनि सम्पन्न भएको थियो । किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट शैलुङको बाटो हुँदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरबार (खड्ग) बिसाएर विश्राम गरेको र हिँड्ने बेला तरबार त्यही छोडिएको बताइन्छ । तीन हजार एक सय ४८ मिटरको उँचाईमा रहेको शैलुङको सयवटा थुम्कामा ऋषिहरुले तपस्या गरेको किंवदन्ती समेत रहेको छ । तामाङ भाषामा शै को अर्थ सय र लुङको अर्थ थुम्का हुने र उक्त ठाँउमा सयवटा थुम्का रहेकोले शैलुङ नामाकरण भएको स्थानीय ज्येष्ठ नागरीकहरु बताउँछन् । बरिस्ठ समाजसेवी तथा राप्रपाका सहायक काेषाध्यक्ष उप्रेतीले दाेलखा लगायत देशभरमा बिभिन्न खाले सहयोग गर्दै आउनु भएकाे छ । उप्रेतीले आफ्नाे जन्मभुमिका लागि घण्टा हस्तान्तरण गर्नुहुदै शैलुङ र समग्र दाेलखाकाे बिकासमा सबैसँग हात्तेमालाे गरेर अगाडि बढ्नु पर्ने बताउनु भयाे ।
पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन् !
# भिमेश्वोर खबर
१७ असार, २०८२
पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन्
जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध !
# भिमेश्वोर खबर
६ जेठ, २०८२
जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध
कांग्रेस निटक मजदुर संघले मनायो मे १ दिवस
# भिमेश्वोर खबर
१८ बैशाख, २०८२
,१८ बैसाख ।नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघकाे आयाेजनामा १३६ ओैं अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १काे अबशरमा अन्तक्रिर्या कार्यक्रम समपन्न भएकाे





प्रतिकृया दिनुहोस