• ११ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-27-2026
  • स्टुडियो टाईम : ०६:३४
  • ON AIR
  • UP NEXT

दाेलखामा कांग्रेसले गर्दै ४ लाख पुरस्कार रासि सहितकाे भलिबल प्रतियोगिता हुँदै

चरिकोट ५ चैत । दोलखा प्रदेश सभा (क) कार्यसमितिद्वारा आयोजना गर्न लागिएको आदर्श पुरुष स्वर्गीय नेता भिम बहादुर तामाङकाे १३ औं स्मृतिमा ४ लाख रासि सहितकाे प्रथम पुरस्कार भएकाे भलिबल प्रतियोगिता आयाेजना हुने भएकाे छ । क्षेत्रिय सभापति शुक्रराज तमाङकाे अध्यक्षता हुने कार्यक्रमलाई सम्बाेधन गर्न केन्द्रीय सदस्य एबं पुर्व मन्त्री माेहन बहादुर बस्नेत आउने कार्यक्रम रहेकाे तमाङले बताउनु भयाे । बस्नेतकाे प्रमुख आतित्थतामा १३ गते उद्घाटन हुने र केन्द्रीय सदस्य संविधानसभा सदस्य,समाजसेवी जिपछिरिङ लामाकाे प्रमुख आतित्थतामा १६ गते समापन गर्ने भएको सभापति तमाङले बताउनु भयाे । उक्त कार्यक्रममा उपस्थितिका लागी नेपाली कांग्रेस केन्द्रिय सदस्य ज्युहरु, प्रदेश समितिका पदअधिकारी एंव सदस्य ज्युहरु, जिल्ला कार्य समितिका पदाधिकारी लगायत सदस्य ज्युहरु महाधिवेशन प्रतिनिधिहरु , क्षेत्रीय प्रतिनिधिहरु प्रदेश कार्य समितिका पदअधिकारी लगाएत सदस्यहरु, नगरपालिका ,गाउपालिका सभापतिहरु, गाउपालिका कार्य समिती,वडा कार्य समिती,भातृभगेनी संघ पदअधिकारी, जनप्रतिनिधिहरु, खेलाडीहरु लगायत नेपाली कांग्रेसलाई माया गर्न हुने सम्पुर्ण आमा बुवा दाजु भाइ तथा दिदि बहिनि हरुमा हार्दिक निमन्त्रणा गरिएकाे सभापति तमाङले बताउनु भयाे ।प्रतियोगिता अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुने तामाङले जानकारी दिए । दाेस्राे हुनेका लागि २ लाख तेस्रो हुनेका लागि १ लाख र सात्वना हुनेका लागि ५० हजार पुरस्कार रासि रहेकाे पनि तमाङले बताउनु भयाे ।

प्रतिकृया दिनुहोस

पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन् !

# भिमेश्वोर खबर

१७ असार, २०८२

पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन्

जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध !

# भिमेश्वोर खबर

६ जेठ, २०८२

जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध

कांग्रेस निटक मजदुर संघले मनायो मे १ दिवस

# भिमेश्वोर खबर

१८ बैशाख, २०८२

,१८ बैसाख ।नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघकाे आयाेजनामा १३६ ओैं अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १काे अबशरमा अन्तक्रिर्या कार्यक्रम समपन्न भएकाे

↑