हैसियत भन्दा माथि भागखोज्दा दोलखाको गठबन्धनमा समस्या
दोलखा,२९ चैत्र । आगामी निर्बाचन नजिकिँदै गर्दा दलहरु आफ्नो उम्मेद्धार टुङ्याउन जुटिरहेका बेला दोलखाका सत्ता गठबन्धन दलमा भने अन्यौता छाएको छ ।
नेकपा माओबादी केन्द्रले आफ्नो पार्टीले ६ पालिकामा प्रमुखको दाबि प्रस्तुत गरेको छ भने नेकपा समाजबादी पार्टी (एस)ले पनि ५ वटा पालिका पाउनु पर्ने भन्दै दाबि प्रस्तुत गरेको छ । बिभिन्न चरण भएको छफफलमा नेकपा माओबादी केन्द्रले बिगु गाउँपालिका, बैतेश्वर गाउँपालिका ,जिरी नगरपालिका, गौरीशंकर गाउँपालिका ,कालिन्चोक गाउँपालिका ,शैलुङ गाउँपालिका गरि ६ वटा पालिकामा दाबि गरेको बैठकमा संलग्न एक नेताले बताए । त्यसैगरि नेकपा समाजबादी पार्टी (एस)ले पनि ५ वटा पालिकामा आफ्नो दाबि प्रस्तुत गरेपछि गठबन्धनमा समस्या श्रृजना भएको हो । समाजबादीले मेलुङ गाउँपालिका , बैतेश्वर गाउँपालिका,तामाकोशी गाउँपालिका ,शैलुङ गाउँपालिका र जिरी नगरपालिकामा दाबि प्रस्तुत गरेपछि कांग्रेसका कतिपय नेताहरुले भने हैसियत भन्दा माथि भाग खोज्दा समस्या उत्पन्न भएको र गठबन्धन बिग्रन सक्ने चेतावनि दिन थालेका छन् ।
यसो हेर्दा समाजबादीले दोलखामा आफ्नो तर्फ उभिएका सबै नेतालाई भाग पु¥याउन खोजिरहेको छ भने बिलाउँदै गरेको माओबादी पनि यहि मौकामा स्थापित हुने दाउमा रहँदा गठबन्धनमा अन्यौलता छाएको कांग्रेस नेताहरु बताउँछन् । जिल्लामा मात्रै नभएर दशैभरि माओबादीका अधिकांस नेताहरु कांग्रेस र एमालेमा प्रबेश गरेपछि माओबादीको अबस्था झनै दयनिय बनिरहेको एक नेताले बताए । दोलखाको बैतेश्वर गाउँपालिकामा सामान्य आंकलन गर्दा पनि कांग्रेस प्रथम दोस्रो एमाले ,तेस्रो माओबादी र चौथो समाजबादीको अबस्था रहेको छ भने तामाकोशी गाउँपालिकामा पनि कांग्रेस नै पहिलो स्थानमा देखिन्छ । तामाकोशीमा दोस्रोे स्थानमा एमाले नै प्रतिष्प्रर्धिको रुपमा मुल्याङकन गर्न सकिने स्थानिय कांग्रेस नेता बिशाल कार्की बताउँछन् । गौरीशंकर गाउँपालिकामा केहि हदसम्म माओबादीले आफुलाई बलियो हो भनेर प्रस्तुत गरेपनि पालिका प्रमुखका उम्मेद्धार निमा लामा नै एमालेमा प्रबेश गरेपछि माओबादीको हैसियत खुम्चिएको बुझन् सकिन्छ । त्यसैगरि कालिन्चोक गाउँपालिकामा एमाले र कांग्रेस बिच नै प्रतिस्प्रर्धा हुने देखिन्छ । बिगु गाउँपालिका पनि कांग्रेसको पकेट पालिका हो भने त्यहाँ कांग्रेसका प्रमुख भन्दा माओबादीका उपप्रमुखको बद्नाम बढि भएको एमालेका नेताहरु बताउँदै आएका छन् । बिगतमा गरिएको गठबन्धनको आधारमा हेर्ने हो भने पनि जिरी नगरपालिकामा मात्रै माओबादी एमाले पछिको दोस्रो स्थानमा रहेका थियो । जिरीमा गएको निर्बाचनमा तेस्रो स्थानमा कांग्रेस भएतापनि संघिय सांसद जिपछिरिङ लामाले जिरीको संगठनमा ब्यापक सुधार ल्याएका छन् । अहिले जिरीका कांग्रेस नेताहरु आफुहरु एमालेसँगै प्रतिस्प्रधामा रहेको बताउँदै आएका छन् । माओबादीका कतिपय स्थानमा उम्मेद्धार नै नभएको ठाउँमा समेत बार्गेनिङका लागि दाबि प्रस्तुत गरिरहेका कांग्रेस नेताहरुको बुझाई छ ।
नाम नभन्ने सर्तमा कांग्रेसका एक नेताले भने यहि अबस्था हो भने हामीले किन गठबन्धन गर्नु पर्याे सहमति हुने छाँट छैन माओबादी र समाजबादीले घाँटीको प्वाल भन्दा ठुलो हड्डी मागे ननिल्नु नआकल्नु भयो । कांग्रेस नेताका अनुशार यहि अबस्था रहे वडातहसम्म गठबन्धन हुने अबस्था झिनो रहेको उनिहरुको बुझाई छ । समाजबादी र माओबादी कांग्रेसको भोटमा धेरै भन्दा धेरै वडा हत्याउने र बिलाउँदै गरेको शक्ति स्थापित गर्ने दाउमा रहँदा कांग्रेस नेताहरु झस्किन थालेका छन् । कांग्रेसले भने १ नगरपालिका १ पालिकामा प्रमुख गरि आपसि सहमतिमा उपप्रमुख माओबादी केन्द्रलाई र केहि स्थानमा उपप्रमुख समाजबादीलाई दिन तयार रहेको बताउँदै आएको छ ।
गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का
# Slider
१ बैशाख, २०८०
गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न
गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का
# Slider
१ बैशाख, २०८०
गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न
जिपी कोईराला फाण्डेसन दोलखाद्धारा निशुल्क प्लस टु कोचिङ संचालन
# Slider
२४ चैत, २०७९
दोलखाको सदरमुकाम चरिकोटमा जिपी कोईराला फाउण्डेसनले ११ र १२ कक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि १ महिने कोचिङ कक्षा संचालन





प्रतिकृया दिनुहोस