• ११ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-27-2026
  • स्टुडियो टाईम : ०६:३३
  • ON AIR
  • UP NEXT

मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्न काउन्सिलको निर्णय

प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने भएको छ।

शुक्रबार काउन्सिलले एक सूचना जारी गर्दै दर्ता भएर सञ्चालनमा आइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने जनाएको हो।

काउन्सिलको हालै बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा यस्तो निर्णय गरेको हो।विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट काउन्सिलमा पटकपटक यस्ता उजुरी/गुनासाहरू आउने गरेको भन्दै अबदेखि यस्ता मिडिया दर्ता नहुने जनाएको हो।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था छ ।

पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष  खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का 

# Slider

१ बैशाख, २०८०

                    गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि  आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न

गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष  खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का 

# Slider

१ बैशाख, २०८०

                    गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि  आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न

जिपी कोईराला फाण्डेसन दोलखाद्धारा निशुल्क प्लस टु कोचिङ संचालन

# Slider

२४ चैत, २०७९

              दोलखाको सदरमुकाम चरिकोटमा जिपी कोईराला फाउण्डेसनले ११ र १२ कक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि १ महिने कोचिङ कक्षा संचालन

↑